![](https://internal.appharu.com/wp-content/uploads/2023/01/madhav-nepal-samsad-768x512.jpg)
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ‘ह्वीप’ जारी गरेको छ ।
एकीकृत समाजवादीका मुख्य सचेतक मेटमणि चौधरीले बजेटका पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरिएको जानकारी दिए ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । संसदीय दलको बुधबार बिहान बसेको बैठकले बजेटका पक्षमा मतदान गर्न ह्वीप लगाइएको थियो ।
SHARE YOUR THOUGHTS