![](https://internal.appharu.com/wp-content/uploads/2023/06/ramhari-khatiwada.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले ललिता निवास जग्गा प्रकरणमा ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले उक्त प्रकरणमा साना व्यक्तिहरु समातिन थालेको बताउँदै ठूला व्यक्तिहरू समातिनेमा शंका व्यक्त गरे ।
‘ललिता निवास प्रकरणमा साना माछाहरू ढोक्सामा पर्न लागेको सुनियो,’ उनले भने, ‘ठूला ४ आना, ८ आना, ३२ आनाका माछाहरूपनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् । भूरालाई जालमा हाल्ने ठूलालाई छोड्ने काम नहोस्’ उनले भने ।
SHARE YOUR THOUGHTS