![](https://internal.appharu.com/wp-content/uploads/2023/06/lalita-adalat-768x403.jpg)
काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई समय थपका लागि अदालत लगिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ परेका ४ जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार ललिता निवास प्रकरणबारे जानकारी दिन पत्रकार सम्मेलन गरेसँगै उनीहरुलाई अदालत तर्फ लगिएको छ ।
प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ एवं तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको छ ।
बालुवाटारस्थित ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न सरकारी कर्मचारीदेखि नेता र व्यापारीले हत्याइएको पाइएको प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पत्रकार सम्मेलन गरी पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको जानकारी गराएको हो ।
SHARE YOUR THOUGHTS