काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेकाे छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
साथै, बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १३ सय ७० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS