
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र एब्सुलुट एस्थेटिक्सबीच सौन्र्दय तथा स्वास्थ सेवामा छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्र्तगत रिलायन्स फाइनान्स लिमिटेडका ग्राहक, शेयरधनी तथा कर्मचारीहरुले एब्सुलुट एस्थेटिक्सले प्रदान गर्ने सौन्र्दय सेवा (छाला), दन्त सेवा तथा प्लास्टीक सर्जरी तथा अन्य स्वास्थ सेवाहरुमा अधिकतम १५ प्रतिशत सम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैकबाट ‘ग‘ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरी मिति २०६६÷०८÷१८ बाट संस्थाको प्रधान कार्यालय प्रदर्शनी मार्गबाट आफनो कारोबार शुरु गर्दै आएको यस रिलायन्स फाईनान्स लि. आफनो सेवा प्रदान गर्दै आएको यस संस्थाले न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, टाँडी चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, गोरखा बजार गोरखा, चारआली झापा,, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, मणीग्राम रुपन्देही, भैरहवा रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, अत्तरीया कैलाली, महेन्द्रनगर कन्चनपुर र कोहलपुर बाँके शाखा सहित २१ वटा शाखा कार्यालयहरुले सेवा पु¥याउदै आएको छ ।
SHARE YOUR THOUGHTS