एमालेप्रति मन्त्री गुरुङको कटाक्षः भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन « Eglish Khabarhub

एमालेप्रति मन्त्री गुरुङको कटाक्षः भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन


१५ असार २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कानुन,न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति लक्षित गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताएका हुन् ।

उनले एमाले सत्तामा जानका लागि भोकाइरहेको बताए । उनले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरु खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको बताए ।

सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने उनले बताए ।

गुरुङले यसो भने

हाम्रो पार्टीका श्रद्धेय सभापतिज्युकै पहलमा बनेको मौजुदा सरकारले भ्रष्टाचारका ठूला काण्डहरुको निष्पक्ष छानबिन गरी मुलुकलाई शुसासन दिने काममा लागेको छ । हामी नेपाली जनतालाई भ्रष्टाचारको भुङ्ग्रोबाट निकाल्ने काममा लाग्नेछ, यो नै गठबन्धन सरकारको ध्येय हो । एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गरी हामी सुशासन दिनेछौँ । तब मत्रै विकास निर्माण हुनेछ । विकास निर्माणको कुरा गर्ने तर त्यो बीचमा भ्रष्टाचारले भ्वाङ पारिहाल्ने जुन प्रवृत्ति छ यसलाई रोक्न अहिलेको सरकार लागेको छ । विकासको लक्ष्य हाम्रो धेरै टाढा छ । हाम्रो काम सुशासन ल्याउनु हो । अहिले हामीले पदको माया र जनता भन्दा नेपाली जनताको माया र ममतामा ध्यान दिएका छौँ । अहिले गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ, यो बजारमा हल्ला चलेको सुन्छु । श्रद्धेय पार्टी सभापतिको भरोसा यही गठबन्धनलाई अघि बढाउने कुरा छँदैछ । ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो । हामी ठिक मिसनमा छौँ । ठिक ढंगमा छौँ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ००:००  १ : १३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping