![](https://internal.appharu.com/wp-content/uploads/2023/07/sarad-gauchan-768x403.png)
काठमाडौं । निर्माण व्यवसायी शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार गुण्डा नाइके समिरमान बस्ने र अमरबहादुर रानालाई अदालतले जन्म कैदको सजाय सुनाएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष गौचनको हत्यामा संलग्न बस्नेत र काले भनिने रानालाई बुधबार जिल्ला अदालत काठमाडौंले जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश केशवप्रसाद घिमिरेको इजालासले उनीहरुलाई जन्मकैदको सजाय सुनाएको हो ।
६ वर्षअघि २०७४ असोज २३ गते व्यवसायी गौचनको काठमाडौंको शान्तिनगरमा हत्या भएको थियो । शान्तिनगरमा उनीमाथि गोली हानी हत्या गरिएको थियो ।
अदालतले बुधबार हत्याका मुख्य योजनाकार बस्नेत र राना बाहेक अन्य १८ जनालाई सजाय सुनाएको छ । यसअघि गत असार १२ गते अदालतले हत्यामा संलग्न रहेका १८ जनालाई दोषी ठहर गरेको थियो भने अन्य ६ जनालाई सफाइ दिएको थियो ।
SHARE YOUR THOUGHTS