![](https://internal.appharu.com/wp-content/uploads/2023/07/narayankaji-768x403.png)
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडितहरुलाई भेट्न सडकमा पुगेका छन् ।
आइतबार बानेश्वस्थित संसद भवन नजिक धर्नामा बसेकाहरुलाई सम्बोधन गर्दै पीडितहरुले न्याय पाउने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले पीडितहरूलाई आन्दोलन स्थगित गरेर घर फर्किन आग्रह गरे ।
‘मिटरब्याज पीडितलाई न्याय दिलाउने काम अघि बढिसक्यो, यो कुनै पनि हालतमा रोकिनेवाला छैन’उनले भने ।
श्रेष्ठले मिटरब्याजीलाई कारबाही गर्ने विषयलाई कसैले रोक्न नसक्ने बताए । उनले निष्क्रिय भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी विधेयक संसद्मा प्रस्तुत गरिसकेको भन्दै त्यसलाई अघि बढाउने बताए ।
SHARE YOUR THOUGHTS