![](https://internal.appharu.com/wp-content/uploads/2020/07/nrb-1.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
मौद्रिक नीतिको मार्फत राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने जनाएको छ ।
यस्तै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड मा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने छ ।
SHARE YOUR THOUGHTS