प्लास्टिक प्रयोग नगर्न बालेनको आग्रह, प्लास्टिकको प्रयोग रोक्न ५ वटा टोली अनुगमनमा खटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्लास्टिकको बिक्री वितरणको अनुगमन गर्ने भएको छ ।

साउन १ गतेबाट प्लाष्टिकका झोला, प्लाष्टिकजन्य फूल तथा सजावटका सामान निषेध गर्ने नीति पारित गरेको महानगरका प्रमुख बालेन्द्र शाहले प्लाष्टिक निषेध कार्यक्रम महानगरका लागिभन्दा पनि महानगरबासी, वातावरण, जीव जनावरको वचावटका लागि भएको उल्लेख गरेका छन् ।

नागरिकको स्वच्छ वातावरणमा स्वस्थ्य भएर बाँच्न पाउने संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको शाहले उल्लेख गरेका छन् ।

यसको कार्यान्वयनका लागि महानगरले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्ने भएको छ। प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइने उनले बताए ।

टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्नेछ । यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्छ । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन । यसर्थ, अनुगमनमा आउनु र जफत गर्नु अघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन शाहले अनुरोध गरेका छन् ।

यसो भन्छन् बालेन

माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिने

प्लाष्टिक निषेध कार्यक्रम महानगरका लागिभन्दा पनि महानगरबासी, वातावरण, जीव जनावरको वचावटका लागि हो । प्लाष्टिकले हामीलाई कति हानी गरिरहेको छ भन्ने कुरा आममानसमा महसुस हुन सकेको छैन । तर अध्ययनअनुसार नवजात शिशुको सालनालमा माइक्रो प्लाष्टिक (प्लाष्टिकको कण जसलाई खुल्ला आँखाले देख्न सकिँदैन) पाइएको छ । यस्तै जनावरको दिशामा पनि प्लाष्टिक पाइएको छ । यो तथ्य ग्लोवल इकोलोजी एण्ड कन्जर्भेसन जर्नलमा प्रकाशित छ ।

प्लाष्टिक उत्पादन गर्न रसायनको पनि प्रयोग गरिन्छ । त्यसैले यसलाई बाल्दा डाइअक्सिन, फ्युरान जस्ता विषाक्त ग्याँसहरु उत्सर्जन हुन्छन । जुन ग्याँसका कारण मानिसमा फोक्सो, मुटु र छाला सम्बन्धी रोगहरु लाग्ने खतरा हुन्छ । फालिने प्लाष्टिकले ढल निकास बन्द हुन्छ । माटोको प्राकृतिक गुण परिवर्तन गरिदिने, जथाभावी उडेर तथा छरिएको अवस्थामा रहेर सहरी सुन्दरतामा ह्रास ल्याउँछ । सहरको सभ्यताका बिम्ब वागमती, विष्णुमती, मनोहरा, धोवीखोला, टुकुचा लगायतका नदी, राजकुलाहरु र खुल्ला स्थानहरूमा प्लाष्टिक फ्यालिएका कारण प्रदुषित बनेका छन् । सामुदायिक चौपायाले खानेकुरासँगै प्लाष्टिक खाँदा पशु स्वास्थ्यमा पनि गम्भीर आघात परेको छ ।

माइक्रो प्लाष्टिकले मानव कोषमा पार्ने असर सबैभन्दा घातक छ । यसैकारण दीर्घ रोग र महामारीबाट जनधनको क्षति व्यहोर्नु परिरहेको छ । मानिसमा जस्तै असर अन्य जीव जनावरमा पनि परेको छ । जमिनको उर्वराशक्ति क्षय भइरहेको छ । मानव सभ्यता र वातावरण माथिको यो असर घटाउन काठमाडौँ महानगरपालिकाले पोलिथिन झोला र प्लाष्टिकजन्य फूललगायतका सामान निषेध अभियान थालनी गरेको हो ।

अहिलेसम्म विग्रिएको अवस्थामा सुधार ल्याउन र बचेको अवस्थालाई संरक्षण गर्न मानव आचरण र व्यवसायिक क्रियाकलापमा सुधार गर्नुपर्छ । नागरिकको स्वच्छ वातावरणमा स्वस्थ्य भएर बाँच्न पाउने संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री महानगरपालिकाभित्र ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ ।

यसको कार्यान्वयनका लागि हामीले वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गर्दैछौँ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटाइनेछ ।

टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लाष्टिकको जाँच गर्छ । यदि यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्छ । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन । यसर्थ, अनुगमनमा आउनु र जफत गर्नु अघि आयात, भण्डारण र विक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन अनुरोध गर्दछु ।

प्लाष्टिक प्रयोग र असरका केही तथ्य हेरौँ —
– सहरमा उत्पादन हुने फोहोरमध्ये ७५.५ % जैविक र २४.५% नकुहिने फोहोर छ । नकुहिने फोहोरको सबैभन्दा धेरै प्लाष्टिक (६.५%) छ । यसको पनि ३.८% प्रतिशत पोलिथिन झोला छ । नकुहिने अन्य फोहोरमा धातु, शिशा, रबर, कपडाजन्य, विद्युतीय र अन्य खालको फोहोर छ ।
-नदीलाई प्रदुषण गराउन प्लाष्टिकको ७० प्रतिशत भूमिका छ ।
-काठमाडौं उपत्यकामा दैनिक करिव ५० लाख थान प्लाष्टिक झोलाको प्रयोग हुने अनुमान छ ।
प्लाष्टिक निषेध गर्न यस अघि गरिएका प्रयास र नतिजाका विषयमा यहाँलाई जानकारी हुनुपर्छ । त्यसको स्मरण यसरी गर्न सकिन्छ –