काठमाडौं । गत आर्थिक वर्षमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा २३.३९ प्रतिशतले घटेको छ ।
असार मसान्तसम्म कम्पनीको नाफा २३.३९ प्रतिशतले घटेर १९ करोड ६९ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा २५ करोड ७० लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी बढेको भएपनि सञ्चालन नाफामा गिरावट आएको छ । जसका प्रभाव नाफामा देखिएको छ ।
असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख ३४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २३.४२ प्रतिशतले घटेर २८ करोड ४७ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको वितरणयोग्य नाफा पनि घटेको छ । अघिल्लो आवमा २१ करोड ९० लाख ३१ हजार रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा १७ करोड ७१ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिन सक्ने क्षमता १५.४४ प्रतिशत रहेको छ ।
१ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २५ करोड ३८ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको खराब कर्जा ०.६६ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ १६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८७ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS