मुक्तिनाथ विकास बैंकका ग्राहकलाई साकुरा हाउन अफ डाएगनोस्टीकसमा विशेष छुट « Eglish Khabarhub

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई साकुरा हाउन अफ डाएगनोस्टीकसमा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको पानीपोखरीमा रहेको “शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर”सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर” का विभिन्न सेवाहरुमा विशेष १५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Publish on: