![](https://internal.appharu.com/wp-content/uploads/2018/09/CIB.jpg)
काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाउने भएको छ ।
राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार बिहीबार साँझ गृहमन्त्री, रक्षामन्त्री, महान्यायाधिवक्ता, प्रहरी महानिरीक्षक, सीआईबी प्रमुख र राजस्व अनुसन्धानका महानिर्देशकसहितको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन निर्देशन दिएका हुन् ।
विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक सु साउन ३ मा बरामद गरेको थियो । अनुसन्धानका क्रममा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसमेत पक्राउ परेका छन् ।
सुन प्रकरणमा उच्च राजनीतिक संलग्नता रहेको आरोप लागिरहेका बेला प्रचण्डले अनुसन्धानकी जिम्मा अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि प्रहरीको विशिष्टकृत निकाय सीआईबीलाई दिएका हुन् ।
SHARE YOUR THOUGHTS