मेगालाई गाभेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब २९ करोड « Eglish Khabarhub

मेगालाई गाभेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब २९ करोड



काठमाडौं । गत आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.१४ प्रतिशतले बढी हो ।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ह्वात्तै बढेको छ भने सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १२ अर्ब २७ करोड ५८ लाख ५८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १८.६४ प्रतिशतले बढेर ७ अर्ब ४६ करोड १७ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोेग्य नाफा १५ करोड ८३ लाख ३८ हजार रुपैयाँ रहेको छ । ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २३ अर्ब ८९ करोड ४५ लाख ४६ हजार रुपैयाँ रुहेको छ ।

बैंकको खराब कर्जा १.४९ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ४८ पैसा रहेको छ ।

Publish on: