एमसिए-नेपालले बनाउने ४ सय केभी विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहण गरिँदै « Eglish Khabarhub

एमसिए-नेपालले बनाउने ४ सय केभी विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहण गरिँदै



काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले सञ्चालन गर्ने ४ सय केभी विद्युत प्रसारण लाइन आयोजनाका लागि अधिग्रहण हुने जग्गाको विवरण सार्वजनिक गरिएको छ ।

आयोजनाअन्तर्गत रातमाटे सबस्टेसनदेखि लप्सीफेदी सबस्टेसन खण्डको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पर्ने विभिन्न जग्गा अधिग्रहण गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निकालेको सूचनामा २१ दिनभित्र जग्गासँग सरोकारवाला व्यक्तिले मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न माग गरिएको छ ।

अधिग्रहण गरिने जग्गाहरुमा मेलम्ची नगरपालिका वडा नम्बर ३, ४ र १ का जग्गा छन् ।

Publish on: