यी ५ प्रदेशमा आज भारी वर्षा, अरु प्रदेशको मौसम यस्तो « Eglish Khabarhub

यी ५ प्रदेशमा आज भारी वर्षा, अरु प्रदेशको मौसम यस्तो



काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबारको मौसम

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Publish on: