नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: सुमेरु सिटी अस्पतालकी डाक्टर पुनमसहित ८ जना पक्राउ « Eglish Khabarhub

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: सुमेरु सिटी अस्पतालकी डाक्टर पुनमसहित ८ जना पक्राउ



काठमाडौं । नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै प्रहरीले डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ‘नक्कली डाक्टर’ माथि चलाएको अपरेसनका क्रममा थापा शुक्रबार भक्तपुरबाट पक्राउ परेकी हुन् । उनी सुमेरु सिटी अस्पतालमा कार्यरत थिइन् ।

थापा पक्राउ परेसँगै सीआईबीको अपरेसनमा पक्राउ पर्नेहरुको संख्या ८ जना पुगेको छ । यो प्रकरणमा सीआईबीले शुक्रबार मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकारलाई पक्राउ गरेको छ । यसअघि बिहीबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।

‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुनिल शर्मा पक्राउ परेका थिए ।

Publish on: