कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या: मन्त्री भुसाल « Eglish Khabarhub

कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या: मन्त्री भुसाल



फाइल तस्बिर

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताए।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताए ।

मन्त्री भुसालले तराई मधेसमा केही समय यता देखिएको सुक्खाको कारणले मारमा परेका किसानहरुलाई बाढीले पुर्‍याएको क्षतीले थप समस्या बनाएको बताए ।

उनले बाढीले किसानहरुलाई पुर्‍याएको क्षतीको लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको बताए । मन्त्री भुसालले कृषि क्षेत्रको विकासमा सिंचाईको समस्या देखिएको बताउँदै यसमा सुधारको लागि सिंचाई मन्त्रालयसँग समन्वय गरी सिंचाईको समस्या समाधान गर्ने बताए ।

मन्त्री भुसालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य संकट आउन सक्ने अवस्था रहेको बताए । उनले नेपाल सरकारले खाद्यसंकट आउन दिनको लागि सरकार सचेत रहेको बताए ।

मन्त्री भुसालले ललिता निवास जग्गा प्रकरणमा पार्टीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरुसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने बताए ।

उनले पार्टी अध्यक्षको ललिता निवास जग्गा प्रकरणमा संलग्नताका विषयमा सत्यता नरहेको बताए । उनले यस विषयमा गठबन्धनले छलफल गरेर निकास निकाल्ने बताए ।

Publish on: