सुन ब्रेक सुबाट छुट्याएर जोख्ने तयारी, गाल्ने प्रक्रिया सुरु हुने « Eglish Khabarhub

सुन ब्रेक सुबाट छुट्याएर जोख्ने तयारी, गाल्ने प्रक्रिया सुरु हुने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको एक क्विन्टल सुन ब्रेक सुबाट छुट्याउने प्रक्रिया सुरु भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बरामद सुन जोख्न पत्र लेखेपछि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सुन छुट्याउने प्रक्रिया थालेको हो ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यले आज सामान खोलेर सुन छुट्टयाउने र गाल्ने प्रक्रिया सुरु गर्ने जानकारी दिए ।

‘राष्ट्र बैंक र सीआईबीको प्रतिनिधि आइसक्नुभएको छ,’ क्लिकमान्डुसँग उनले भने, ‘राजस्वको प्रतिनिधि आउनासाथ सुन छुट्याउने प्रक्रिया सुरु हुन्छ ।’

सुन छुट्याएर सकियो भने जोख्ने काम एकैदिनमा सकिने र त्यसपछि गाल्ने प्रक्रिया सुरु हुने उनले बताए ।

राजस्व अनुसन्धान विभागले साउन २ गते सिनामंगलबाट बाहिरिएको सुनसहित १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेपछि राजस्व अनुसन्धानले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको छ । सीआईबीले संगठित अपराध र राजस्व छली कसुरमा अनुसन्धान गरिरहेको छ ।

Publish on: