![](https://internal.appharu.com/wp-content/uploads/2023/08/madhav-and-baburam-768x403.png)
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग पनि बयान लिएको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्न नीतिगत सहयोग गरेको तर सरकारी दबाबमा पूर्वप्रधानमन्त्रीद्धयलाई बयान नै नलिई सीआइबीले प्रतिबेदन बुझाउन लागेको भन्दै चर्को आलोचना भइरहेको थियो ।
सीआईबीका एसएसपी दिनेश आचार्यले समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपाल र पूर्वप्रधानमन्त्री डा. भट्टराईसँग आइतबार राति बयान लिएको बताए ।
‘सीआईबीले पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराईसँग पनि बयान लिएको छ,’ आयार्यले क्लिकमान्डुसँग भने ।
नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो ।
यसैगरी ५ माघ २०६९ मा मालपोत कार्यालय, डिल्लीबजारले ललिता निवासभित्र रहेको ६० आना जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्ने निर्णय गरेको थियो । डा. भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले यसबारेमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।
SHARE YOUR THOUGHTS