
काठमाडौं । संघीय सरकारले कोशी प्रदेशमा सभाध्यक्षले मुख्यमन्त्री चयनका लागि विश्वासको मत दिनु जायज भएको बताएको बताएको छ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् ।
उनले कोशी प्रदेश सरकार निर्माणबारे मुद्दा अदालतमा रहेको भन्दै अदालतको आदेशपछि मात्रै बोल्न सकिने बताइन् । मत बराबर भइसकेपछि सभाध्यक्ष गरेको व्यक्तिले मत हाल्न पाउने उनको भनाइ थियो ।
प्रवक्ता शर्माले सकरारले कुनैपनि अनियमिततामा आफ्नालाई बचाउने काम नगरेको बताइन् ।
SHARE YOUR THOUGHTS