चाडपर्वलक्षित व्यवसाय गर्नेले वर्षमा २ पटक आकस्मिक चालु पुँजी कर्जा पाउने « Eglish Khabarhub

चाडपर्वलक्षित व्यवसाय गर्नेले वर्षमा २ पटक आकस्मिक चालु पुँजी कर्जा पाउने



काठमाडौं । चाडवाडलक्षित व्यवसाय गर्नेले अव वर्षमा दुई पटक आकस्मिक चालु पुँजी कर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले यसअघि भएको वर्षमा एकपट मात्रै चालु पुँजी प्रकृत्तिको कर्जा लिन पाउने व्यवस्थालाई संशोधन गर्दै दुई पटक लिन पाइने व्यवस्था गरेको हो । तर, यस्तो कर्जा औचित्यका आधारमा मात्रै प्रवाह गर्नुपर्ने राष्ट्र बैंकले भनेको छ ।

यो व्यवस्थाले दशैं, तिहार, छठ, होली लगायतका चाडपर्व तथा मौसम अनुसारको व्यवसाय गर्नेले दुईपटक चालु पुँजी कर्जा लिन पाउने भएका छन् ।

यो पटक दशैंका लागि अत्यन्तै कम एलसी खोलिएको थियो । मागको संकुचनसँगै कर्जा लिन अफ्ठेरो प्रावधानका कारण दशैं लक्षित व्यवसाय गर्नेले अत्यन्तै कम मात्रै एलसी खोलिएको व्यवसायीहरु बताउँछन् ।

संशोधित व्यवस्थामा भनिएको छ, ‘ऋणीको सोही संस्थामा वा अन्य संस्थामा रहेको कुनै पनि कर्जा चुक्ता गर्ने प्रयोजनका लागि कुनै पनि किसिमको कर्जा प्रदान गर्न वा सीमा थप गर्न पाइने छैन । तर, ऋणीको व्यवसायसँग सम्बन्धित कुनै प्रयोजनका लागि अप्रत्याशित रुपमा वित्तीय स्रोतको आवश्यकता भएमा सम्बन्धित प्रयोजनमा सोभैm रकमान्तर हुने गरी आकस्मिक प्रकृतिको बमजयअ चालू पुँजी कर्जा प्रदान गर्न बाधा पर्ने छैन । यस्तो प्रकृतिको कर्जा एडहक व्यवसायलाई समेत (जस्तै रसायनिक मल खरीद, चाडपर्वसँग सम्बन्धित व्यापार आदि) औचित्यको आधारमा प्रवाह गर्न सकिनेछ । यस्तो कर्जा नवीकरण भएको वा उद्देश्यबमोजिम प्रयोग भएको नपाइएमा सो कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्दछ । कुनै ऋणीलाई एक आर्थिक वर्षमा दुई पटकभन्दा बढी आकस्मिक प्रकृतिको एडहक कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी यस्तो कर्जा प्रदान गर्न सक्नेछ ।’

Publish on: