एशिया कप: पाकिस्तानले पहिला व्याटिङ गर्ने « Eglish Khabarhub

एशिया कप: पाकिस्तानले पहिला व्याटिङ गर्ने


१३ भाद्र २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालविरुद्धको एशियाकप क्रकेट प्रतियोगितमा पाकिस्तानले टस जितेको छ ।

बिहीबार केही बेरमा सुरु हुन लागेको खेलमा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ रोजेको छ ।

यससँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । नेपालले पहिलो पटक एशिया कप खेल्न लागेको हो ।

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नंमा रहेको पाकिस्तानको सामना गर्न लागेको हो ।

सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेलेर अन्तर्राष्ट्रिय प्रतियोगिताको सुरुआत गरेको नेपालले सन् २०१४ मा पहिलो पटक आइसिसी टी–२० विश्वकप खेलेर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । उक्त सफलता नेपाली क्रिकेट इतिहासमा पहिलो सफलता थियो ।

त्यसयता लगातार विश्वकपको यात्रा तय गर्न कोसिस गर्दा पनि नेपालले सफलता हासिल गर्न सकेको छैन । नेपालले घरेलु मैदानमा गत वैशाखमा भएको एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पहिलो पटक डेब्युको अवसर प्राप्त ग¥यो । त्यतिबेला नेपालले फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो ।

विश्व क्रिकेटकै नम्बर एकमा रहेको पाकिस्तान र विश्व वरियतामा तेस्रो नम्बरमा रहेको भारत जस्ता बलियो टोलीसँग नेपाल एसिया कपमा खेल्दैछ । नेपाली क्रिकेट इतिहासमा करिब तीन दशकअघि सुरुआत भएको यसिया कपमा नेपालले सहभागिताको मौका पाउँदैछ ।

पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज हुने १६औँ संस्करणको एसिया कपको उद्घाटन खेल हुँदैछ । नेपालले क्रिकेट वरियतामा विश्वको नं एक राष्ट्र पाकिस्तानसँग खेल्नेछ । नेपाल र पाकिस्तानको यो पहिलो भेट हो । उक्त खेल नेपाली समयानुसार अपराह्न ३:४५ बजे हुँदैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले पाकिस्तानविरुद्धको खेलमा आफ्नो टोलीले सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने यसअघि बताएका थिए । उनले आफू पाकिस्तान विरुद्धको खेलमा सकारात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरेका थिए ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कपमा पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । उनले खेल निकै प्रतिस्पर्धात्मक हुने भन्दै आफ्नो टोली मानसिक रुपमा तयार रहेकाले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । आजको यो खेल नेपाल र नेपाली क्रिकेटप्रेमीका लागि निकै महत्वपूर्ण मानिएको छ । सबैको ध्यान यसै खेलमा केन्द्रित भएको छ ।

एसिया कप क्रिकेट यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा सञ्चालन हुनेछ । एसिया कपमा हुने १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । उक्त प्रतियोगितामा विभिन्न छ राष्ट्रको सहभागिता रहेको छ । यसलाई पनि दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

यसैगरी नेपालले पाकिस्तानविरुद्धको खेल सकाएपछि त्यतैबाट श्रीलङ्का जानेछ । त्यहाँ नेपालले समूह चरणको आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । भारत र नेपालबीचको खेल यही भदौ १८ गते हुनेछ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ००:००  २ : ५१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping