![](https://internal.appharu.com/wp-content/uploads/2023/03/Gold_sun-768x403.jpg)
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० छ । तेजाबी सुनको मूल्य हिजो एक लाख १२ हजार दुई सय ५० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार चार सय ७० तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया