नेपाल-चीन जोड्ने तातोपानी नाकाबाट मानिस आवतजावत शुरु « Eglish Khabarhub

नेपाल-चीन जोड्ने तातोपानी नाकाबाट मानिस आवतजावत शुरु


१५ भाद्र २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल-चीनको उत्तरी सीमानामा रहेको तातोपानी नाकामा मानव आवतजावत सुचारु भएको छ ।

महाभूकम्प २०७२ पछि पहिलो पटक शुक्रवारबाट नाका मानिस आवनजावतका लागि सुचारु भएको हो । आज बिहान ८ बजे सिन्धुपाल्चोक सीमा क्षेत्रका १ सय २८ पास जारि भएको छ भने कतिपय नेपाली नागरिक चिनियाँ भगको पुल बजारसम्म पुगेका हुन् । चीन प्रवेश गरेको केही नेपालीहरुले भने फर्कंदा आवश्यक पर्ने घरायसी सामन लिएर आएका छन् ।

शुक्रवार चीनतर्फ जान १ सय २८ जनाको पास जारी भएको अध्यगन कार्यालयले जनाएको छ । त्यस्तै पासपोर्ट प्रयोग गरेर नेपाल तर्फ दुई जना आएका छन् भने नेपालबाट तीन जना चीन गएका हुन् । तिब्बतस्थित नेपाली महावाणिज्य दुतावास र चिनियाँ अधिकारीहरुबीच मंगलवार भएको सहमतिपछि आजबाट नाका खुला भएको छ । पास प्राप्त गरेका नेपालीहरु शुक्रवारदेखि चीनतर्फ जान थालेका छन् । तातोपानीको पारीपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यगमन कार्यालयले पास वितरण गरेको थियो । अध्यगमनले जारी गरेको एक वर्षे अवधिको पास पाएकाहरुले चीन जान अनुमति पाएका हुन् ।

दुबै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोना भइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो । सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटासहितको टोली तातोपानी नाकाबाट चीन प्रवेश गरेसँगै नाका सुचारु भएको छ । सो नाका २०७२ सालपछि बन्द रहेको थियो ।

बीच-बीचमा कहिलेकाहीँ खुलेपनि पूर्ण रुपमा सञ्चालनमा भने आउन सकेको थिएन । शुक्रवार नाका सुचारु भएसँगै अब तातोपानी नाकाबाट आवतजावत हुने भएको छ । आजमात्रै नेपाल पक्षबाट १३० जना र चीनको पक्षबाट १०८ जनाले वारपार गरेको सांसद सापकोटाले जानकारी दिए। उनले अब आगामी दिनमा तातोपानी नाका बन्द नहुने बताए । उनले सबैलाई संयमित र अनुशासित ढंगले चीन सरकारको नियम, कानूनलाई पालना गर्न सिमावासीलाई आग्रह समेत गरे । उनले कतिपय भौतिक संरचनाहरु निर्माण भइरहेको भन्दै यसलाई पूर्ण रुपमा पूर्ववत रुपमा सञ्चालन गर्न भने अझै एक वर्ष लाग्ने बताए ।

तातोपानी नाका सुचारु भएसँगै सो क्षेत्रका सर्वसाधारण र व्यापारि, व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् । आगामी दिनमा पुनः बन्द नहुने वातावरण मिलाउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नाका खुलेसगै सीमा क्षेत्रका स्थानीय र व्यावसायीमा खुशी छाएको छ । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै नेपाल सरकारले नाका खोल्न कुटनैतिक पहल गर्दै आएको हो । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

उनले भने ‘तातोपानी नाका खुल्दैन भन्ने नै अविश्वास ज्यादा थियो । आजबाट हामी पारी गएर आइ नै सक्यौँ । आज झन्डै १३० जनाले वारपार गर्दै हुनुहुन्छ । उहाँहरुको बाट पनि १०८ जना वारी आउँदै हुनुहुन्छ । अब पहिलाको जस्तो खोल्ने, बन्द हुने हुँदैन। यो कुरा म स्पष्ट पार्न चाहान्छु । नेपालका सबै जनताहरुलाई र बोर्डर वरपरका बासिन्दाहरुलाई के अनुरोध गर्न चाहान्छु भने हामी संयमित भएर, अनुशासित भएर चिन सरकारको नियम, कानूनलाई राम्रोसँग पालना गरेर उहाँहरुलाई सकारात्मक सन्देश दिन जरुरी छ । राम्रो सन्देश दिनसक्यौँ भने उहाँहरुलाई पनि पारी गएर भेट्यौँ, कुरा ग¥यौँ । निकै उत्साहित र खुशी हुनुहुन्छ । यसरी हेर्दा पहिलाको जसरी खुल्ने बन्दहुन्छ जस्तो मलाई लाग्दैन । यो अब हामी पूर्ववत् रुपमा लान्छौँ । पारी पनि उहाँहरुको कतिपय तयारीहरु बाँकी छन् र त्यहाँ भवनहरु पुनर्निर्माण, जिर्णोद्धार गर्दै हुनुहुन्छ । मलाई के विश्वास छ भने हामीले संयमित र अनुशासित भएर चिन सरकारका नियम र कानूनहरुलाई परिपालना ग¥यौँ भने यसलाई एक वर्ष भित्रमा पुर्ववत् रुपमा सञ्चालन गर्न सकिन्छ । म त्यो दिशामा सकारात्मक र उत्साहित भएर भुमिका खेल्नेछु ।’

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ००:००  ५ : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping