६० किलो सुन तस्करी प्रकरणमा २६ जना पक्राउ, को को हुन् ती ? « Eglish Khabarhub

६० किलो सुन तस्करी प्रकरणमा २६ जना पक्राउ, को को हुन् ती ?



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै ब्रेक सुमा भएको सुन तस्करी प्रकरणमा अहिलेसम्म २६ जना पक्राउ परेका छन् । गत साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार जाँच पार गरेको भित्रिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो ।

उक्त सुन पगालेर जोख्दा ६० किलोभन्दा केही सय ग्राम बढी भएको पुष्टि भएको छ । र, अहिलेसम्म सुन तस्करी प्रकरणमा प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु धेरै छन् । प्रहरीका अनुसार अहिलेसम्म रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल पक्राउ परेका छन् ।

प्रहरीको टोली सुन तस्करको नेक्सस खोज्न हङकङदेखि भारतसम्म पुगेको छ ।

Publish on: