![](https://internal.appharu.com/wp-content/uploads/2023/09/Jawan-Trailer.webp)
एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको फिल्म जवानले पहिलो दिनमा नै एक अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ । फिल्मले रिलिज भएको पहिलो दिनमा नै १ अर्ब ३ करोड नेपाली रुपैयाँ (६५ करोड भारतीय रुपैयाँ) कमाएको हो ।
फिल्मले शाहरुखकै अघिल्लो फिल्म पठानको रेकर्डलाई पति तोडेको छ । उनको यसअघिको फिल्म पठानले पहिलो दिनमा ८७ करोड ९७ लाख रुपैयाँ (५५ करोड भारतीय रुपैयाँ)को व्यापार गरेको थियो ।
भारतीय फिल्म विश्लेषक तरण आदर्शकाअनुसार जवानले यसअघि भारतीय फिल्महरुले बनाएका सम्पूर्ण रेकर्ड तोडेको छ ।
उनले भनेका छन्, ‘जवानले यसअघिका सबै रेकर्ड तोडेको छ । हिन्दी फिल्मको इतिहासमा नै यो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।’
SHARE YOUR THOUGHTS