![](https://internal.appharu.com/wp-content/uploads/2021/12/passport-768x397.jpg)
काठमाडौं । गत असारदेखि रोकिएको ३४ पृष्ठको राहदानीका लागि आवदेन संकलन पुनः सुरु भएको छ ।
राहदानी विभागले एक सूचना जारी गर्दै असोज १ गते सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन सुचारु गरिएको जानकारी दिएको हो ।
गत ३ असारमा ३४ पृष्ठको राहदानीको बुक सकिएपछि विभागले ६६ पृष्ठको राहदानी मात्रै वितरण गरिरहेको थियो ।
दुई प्रकारका राहदानी वितरण गर्ने विभागले ३४ पृष्ठका लागि ५ हजार रुपैयाँ र ६६ पृष्ठका लागि १० हजार रुपैयाँ लिइरहेकोमा ३४ पृष्ठको बुक सकिएपछि ६६ पृष्ठको पनि ५ हजार रुपैयाँ मात्रै लिएर राहदानी वितरण गरिरहेको थियो ।
अन्ततः सोमबार विभागले एक सूचना निकाल्दै ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सक्ने जनाएको छ । प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठको राहदानी छनोट गरेर आवेदन दिन सक्ने विभागले जनाएको छ ।
३४ पृष्ठको राहदानीको बुक पुनः उपलब्ध भएसँगै आवेदन लिन सुरु भएको हो । अब पासपोर्टका लागि दस्तुर पनि पहिलेजस्तै व्यवस्थाअनुसार हुनेछ ।
SHARE YOUR THOUGHTS