![](https://internal.appharu.com/wp-content/uploads/2023/09/dividend-ctznbank.png)
काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई १३ वर्षको अवधिमा औषतमा १२.११ प्रतिशत लाभांश दिएको छ । बैंकले न्यूनतम ५.२६ प्रतिशतदेखि अधिकतम २१.०५ प्रतिशतसम्म लाभांश दिएको छ ।
बैंकले १४ वर्षको अवधिमा ४ पटक नगद मात्रै लाभांश दिएको छ भने १० पटक बोनससहित नगद लाभांश समेत दिएको छ ।बैंकले सेयरधनीलाई नगदभन्दा बोनसमा बढी जोड दिएको छ ।
बैंकले आर्थिक वर्ष २०७९/०८० मा कर सहित ५.७९ प्रतिशत नगद लाभांश दिएको छ । बैंकले आव २०७८/०७९ मा बैंकले कर सहित ९ प्रतिशत नगद लाभांश दिएको थियो ।
यस्तै बैंकले आज २०७७/०७८ मा १६ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १२.९१ र कर सहित नगद ३.०८ प्रतिशत रहेको थियो ।
आव २०७६/०७७ मा ११ प्रतिशत लाभांश दिएकामा बोनस ८ र नगद ३ प्रतिशत रहेको थियो । आव २०७५/०७६ मा १५ प्रतिशत लाभांश दिएकामा बोनस ३ र कर सहित १२ प्रतिशत नगद लाभांश दिएको थियो । आव २०७४/०७५ मा ५.२६ प्रतिशत लाभांश दिएकोमा बोनस ३.२६ प्रतिशत र नगद १.६३ प्रतिशत रहेको थियो ।
बैंकले आव २०७३/०७४ मा १७ प्रतिशत लाभांश दिएकामा बोनस १६ र कर सहित १ प्रतिशत नगद रहेको थियो ।
आव २०७२/०७३ मा १६.६३ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १५.८ प्रतिशत र नगद ०.८३ प्रतिशत रहेको थियो ।
आव २०७१/०७२ मा २१.०५ प्रतिशत लाभांश दिएकोमा बोनस २० र नगद १.०५ प्रतिशत रहेको थियो । यस्तै आव २०७०/०७१ मा १८.९५ प्रतिशत लाभांश दिएकोमा बोनस १३ र नगद ५.९५ प्रतिशत रहेको थियो ।
यस्तै बैंकले आव २०६९/०७० मा १५ प्रतिशत लाभांश दिएको थियो । यसमा बोनस थिएन । नगद मात्रै थियो । आव २०६८/०६९ मा नगद मात्रै ८.४२ प्रतिशत नगद लाभांश दिएको थियो ।
बैंकले आव २०६७/०६८ मा १०.५३ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ५ र कर सहित ५.५३ प्रतिशत नगद लाभांश रहेको थियो । हाल बैंकको सीईओमा गणेशराज पोखरेल रहेका छन् भने अध्यक्षमा राजनसिंह भण्डारी रहेका छन् ।
SHARE YOUR THOUGHTS