काठमाडौं । संसदमा दर्ता भएको शिक्षा विधेयकको बिरोधमा शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।
बुधबार देशभरिका विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको छ ।
शिक्षकहरु माइतीघरबाट मार्चपास गर्दै बानेश्वर पुगेका छन् ।
शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो ।
अहिले लगभग ४ हजार बढी शिक्षकहरू सहभागी भएको बताइएको छ ।
SHARE YOUR THOUGHTS