![](https://internal.appharu.com/wp-content/uploads/2023/09/prachanda-gaurd-of-honer-china-768x414.jpg)
काठमाडौं । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीचको भेटवार्ता सुरु भएको छ ।
ग्रेटहल अफ दि पिपलमा द्विपक्षीय भेटवार्ता सुरु भएको हो । त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गरेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/09/image-37-768x496.png)
भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा पुगेका हुन् । प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ ।
चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनरसहित सम्मान गरेको थियो।
![](https://internal.appharu.com/wp-content/uploads/2023/09/china-prachanda-768x435.jpg)
SHARE YOUR THOUGHTS