सरकारले क्रसर उद्योगको व्यवस्थापन गर्न सकेनः उद्योग मन्त्री « Eglish Khabarhub

सरकारले क्रसर उद्योगको व्यवस्थापन गर्न सकेनः उद्योग मन्त्री



उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्रि तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको स्वीकार गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा देखापरेका समस्या समाधान गर्न नसकेको स्वीकार गरेका हुन् ।

समस्या उद्योगी, व्यवसायीको नभइ मन्त्रालय, सरकार र संसदभित्र रहेको उनले बताए ।

देशको समृद्धिका लागि हिमालको पानी र तराईको ढुंगा बेच्नु स्वभाविक भएको उनले बताए । देशमा काम गर्नका लागि हरेक ठाउँबाट हस्तक्षेप हुने गरेको भन्दै उनले काम गर्दा एनजिओले समस्या पैदा गर्ने गरेको बताए ।

अदालतले पनि विभिन्न फैसला गर्दा काम गर्न असज भएको उनको भनाइ छ ।

मन्त्री रिजालले क्रसर उद्योगमा देखिएको समस्याहरुलाई समाधान गर्नेगरी आफू अगाडि बढ्ने बताए ।

Publish on: