म्याद सकिएको बियर बेच्ने न्यू भिम स्टोरलाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना « Eglish Khabarhub

म्याद सकिएको बियर बेच्ने न्यू भिम स्टोरलाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन समितिले न्यू भिम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरको बजार अनुगमन समितिले अनुगमनका क्रममा म्याद सकिएको काल्र्सबर्ग बियर बिक्री गरेको पाएसँगै उक्त स्टोरलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

उक्त कम्पनीले बजारमा बिक्री गर्ने बियरहरुमा १० वटामध्ये १ वटा मात्रै म्याद रहेको र बाँकी भने म्याद सकिएको पाइएको माहनगरले जनाएको छ ।

महानगरले उक्त स्टोरका सञ्चालन देवदास मानन्धरलाई जरिवाना तिराएको हो । महानगरको २६ नम्बर वडा ठमेलस्थित स्टोरमा बजार अनुगमनका क्रममा म्याद सकिएको बियर पाएको हो ।

महानगरले उक्त स्टोरलाई जरिवानासहित बजार अनुगमन टोलीलाई आफ्नो मालसामान राखेको स्टोर तथा सोधिएको बारेमा सत्यतथ्य जानकारी पनि गराउन निर्देशन समेत दिएको छ ।

Publish on: