![](https://internal.appharu.com/wp-content/uploads/2023/05/gold3-768x406.jpg)
काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS