विदेशबाट आउँदा यी सामान नल्याउन विमानस्थल भन्सारको आग्रह « Eglish Khabarhub

विदेशबाट आउँदा यी सामान नल्याउन विमानस्थल भन्सारको आग्रह



काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एमेर्जेन्सी लाइट, पावर बैंक, आइन, हेयर ड्राइर, मिक्स्चर, ग्रिन्डर र पानी तान्ने मेशिन ल्याउन कडाइ गरेको छ ।

कार्यालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आउने यात्रु तथा विदेशमा बस्ने नेपालीले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत आफ्नो परिवारलाई पठाउँदा इमेर्जेन्सी लाइट, पावर बैंक, आइन, हेयर ड्राइर, मिक्स्चर, ग्रिन्डर र पानी तान्ने मेशिन नल्याउन आग्रह गरेको हो ।

कार्यालयले उक्त प्रकारका सामानहरु एक्स–रे मेसिनमा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर , फुट्याएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना भएको जनाएको छ । जाँचपास गर्दा सेवाग्राहीलाई पुग्न गएको क्षतिप्रति यस कार्यालयको ध्यानाकर्षण भएकाले विदेशबाट नेपाल आउँदा तथा नेपालमा रहेको परिवारलाई सामान पठाउँदा उल्लेखित सामानहरु नपठाउनुहुन र नल्याउनुहुन कार्यालयले अुरोध गरेको छ ।

Publish on: