इजरायल युद्ध: बंकरमा लुकिरहेका छन् गोली लागेका नेपाली « Eglish Khabarhub

इजरायल युद्ध: बंकरमा लुकिरहेका छन् गोली लागेका नेपाली



काठमाडौं । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को रकेट आक्रमण र घुसपैठका क्रममा इजरायमा भएको हिंसामा कम्तिमा ९ नेपाली घाइते भएका छन् ।

गैरआवासीय नेपाली संघ इजरायलका पूर्वअध्यक्ष दीपक ओलीले भने गोली लागका उनीहरु बंकरमा उपचारविहीन अवस्थामा रहेको उनले जनाकारी दिएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार ९ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आक्रमण लगत्तै कार्यस्थल छाडेर सेल्टर लगिँदै गरेका उनीहरु घाइते भएका हुन् ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार त्यहाँ ४५ सय नेपाली रहेका छन् ।

Publish on: