![](https://internal.appharu.com/wp-content/uploads/2023/10/widebudy_nac_9nlaz-768x443.png)
काठमाडौं । इजरायलमा नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको २७४ सिट क्षमताको वाइडबडी जहाज गएको छ ।
निगमको ९ एन एएलजेड नामक वाइडबडी जहाज नेपालीको उद्धारका लागि आज (बिहीबार) विहान साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इजरायलका लागि उडेको थियो ।
निगमको जहाजले नेपाली समयअनुसार १०:४६ बजे दुबईबाट इजरायलका लागि उडेको छ ।
वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुबई ट्रान्जिट भएर गएको यो जहाज आजै साँझ २५४ नेपाली लिएर काठमाडौं फर्कने छ ।
जहाज आजै राति सवा ९ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।
SHARE YOUR THOUGHTS