![](https://internal.appharu.com/wp-content/uploads/2023/01/rekha-sharma-768x512.jpg)
दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विगतका सरकारको आर्थिक दायित्व अहिलेको सरकारले बहन गर्नुपर्ने अवस्था रहेको बताएकी छन् ।
विगतका दायित्व वर्तमान सरकारमा थपिएको उनको भनाइ छ । बिजौरी उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले अघिल्लो वर्षको आर्थिक दायित्वको भारले वर्तमान सरकार थिचिएको बताइन् ।
‘पहिलेका सरकारले गरेका सबै कामको भुक्तानी गर्ने हो भने अहिलेको सरकारले एक रुपैयाँ पनि बजेट ल्याउन सक्ने अवस्था थिएन,’ उनले भनिन् । अस्थिर सरकारले गर्दा विगतका सरकारले अर्बौं दायित्व थोपारेका उनले तर्क छ ।
फरक प्रसंगमा मन्त्री शर्माले जनप्रतिनिधि भएपछि सबै नेपालीको साझा व्यक्ति हुनुपर्ने विचार व्यक्त गरिन् ।
SHARE YOUR THOUGHTS