
काठमाडौं । छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा सञ्जय कपालीले स्वर्ण पदक जितेका छन् । पुरानो सिनामंगल ३२ स्थित टाउन प्लानिङमा भएको फाइनलमा सञ्जयले बविन केसीलाई २१-९ र २१-१५ को सोझो सेटमा पराजित गरे ।
पिस फिट्नेस सेन्टर (पीएफसी) द्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा उमेश धिताल र राजेन्द्र थापाको जोडीले फाइनलमा श्याम थापा र रुपेन गुरुङको जोडीलाई सिधा सेटमा २१-१२ र २१-१९ ले हराए । भेट्रान डबल्स पुरुष ५० वर्षमाथि पिताम्बर तिम्सिना र प्रकाश थापाको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा भोला वाग्ले र सुवास प्रसाईंको जोडीलाई २१-१२ र २३-२१ ले पाखा लगाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरे । असोज २५ देखि विजयीदशमीको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कृत गरे । पुरस्कार वितरण कार्यक्रममा नेपाल सरकारका सचिव तोयम रायमाझी, नेपाल ओलम्पिक कमिटीका सहमहासचिव पिताम्बर तिम्सिना, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलका डीआईजी दुर्गा भट्टराई तथा नेपाल खेलकुद महासंघका कोषाध्यक्ष उज्जल सुवेदीको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्