काठमाडौं । सरकारले दसैं अघि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने भएको छ ।
गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैया भुक्तानी हुने अर्थमन्त्रालयले जनाएको छ ।
निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको जनाएको छ ।
उक्त भुक्तानी दसैं अघिनै निर्माण व्यवसायीका खातामा जानेगरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा सम्पन्न आयोजनाको दसैंअघिनै भुक्तानी गर्ने व्यवसायीहरुलाई वचन दिएका थिए ।
सरकारले असार मसान्तसम्ममा ६० देखि ७० अर्ब रुपैयाँ रकम भुक्तानी गरिसकेको छ । त्यसमा अझै कागजात पेस भएका आयोजनाको ७ अर्ब रकम भुक्तानी हुन बाँकी रहेको छ ।
SHARE YOUR THOUGHTS