![](https://internal.appharu.com/wp-content/uploads/2018/08/Earthquqke.jpg)
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दसैं अन्तर्गत आज अष्टमीको दिन बिहान ७ बजेर ४० मिनेटमा धक्का महसुस भएको हो ।
भूकम्पपछि कतिपय मानिस घर बाहिर सडकमा निस्किएका थिए । भूकम्प कति रेक्टर स्केलको हो भन्ने आइसकेको छैन ।
काठमाडौंसहित आसपासका जिल्ला, गोरखा, बागलुङ लगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको जनाइएको छ ।
SHARE YOUR THOUGHTS