![](https://internal.appharu.com/wp-content/uploads/2019/10/Manang-Air.jpeg)
काठमाडौं । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको निधन भएको छ
२७ असोज बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।
मनाङ एयरकाअनुसार उनको मंगलबार निधन भएको हो । एयरले विज्ञप्तीमार्फत उनको निधन भएको जानकारी दिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/10/image-47.png)
SHARE YOUR THOUGHTS