काठमाडौं । शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । यो ग्रहण नेपालमा स्पष्ट देखिनेछ । ग्रहण एसिया अफ्रिका र युरोपबाट देखिनेछ ।
वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार शनिबार राति १ बजेर २० मिनेटमा ग्रहण प्रारम्भ हुनेछ भने राति २ बजेट ३८ मिनेटमा समाप्त हुनेछ । खण्डग्रास भएकाले चन्द्रमाको पूर्वपट्टिको भाग काटिएको जस्तोमात्रै देखिने उनले बताए ।
उनका अनुसार चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन पर्ने छैन, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिन्छ । नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिनेछ ।
आचार्य अन्तर्राष्ट्रिय प्रकाश वर्ष २०१५ का अध्यक्ष (नेपाल) तथा अमेरिकी खगोल समाजका एस्ट्रो नेपाल अध्यक्ष पनि हुन् ।
चन्द्रग्रहणसम्बन्धी जानकारी
० कात्तिक ११ गते राति १:२० मा ग्रहणको प्रारम्भ हुने र समाप्ति राति २:३८ मा हुने
० चन्द्रमाको पूर्वपट्टिको भाग काटिएको जस्तोमात्रै देखिने
० यो ग्रहण १ घण्टा १८ मिनेटसम्म देख्न सकिने
० नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिने
० चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन नपर्ने, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिने
० शनिबारको कोजाग्रत पूर्णिमाको पूजामा यसले कुनै असर नपार्ने शास्त्रीय निर्णय
० धर्मशास्त्रलाई मान्ने हो भने मिथुन, कर्कट, वृश्चिक, कुम्भ राशिले बाहेक अरुले हेर्न नहुने
ग्रहण फल विभिन्न राशिको
मेष घात
वृष हानि
मिथुन लाभ
कर्कट सुख
सिंह माननाश
कन्या कष्ट (मृत्युतुल्य कष्ट)
तुला स्त्रीपीडा
वृश्चिक सौख्यम
धनु चिन्ता
मकर व्यथा
कुम्भ श्रीप्राप्ति
मीन क्षति
SHARE YOUR THOUGHTS