दसैंमा चम्कियो बिजुली गाडीको व्यापार, नेपालीले किन्न छाडे पेट्रोलियम सवारी साधन « Eglish Khabarhub

दसैंमा चम्कियो बिजुली गाडीको व्यापार, नेपालीले किन्न छाडे पेट्रोलियम सवारी साधन


१२ कार्तिक २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । यो दसैंमा बिजुली गाडीको व्यापार मालामाल भएको छ । असोज महिनामा हालसम्मकै धेरै विद्युतीय गाडी आयात भएको तथ्यांकले दसैंमा इभीको राम्रो ब्यापार भएको प्रष्ट पार्छ ।

भन्सार विभागको तथ्यांकअनुसार असोजमा २ अर्ब ४३ करोड १६ लाख रुपैयाँ बराबरका १२ सय ३७ वटा विद्युतीय गाडी आयात भएका छन् ।

गत वर्षको सोही अवधिमा नेपालले २ अर्ब रुपैयाँको ७०५ वटा मात्रै विद्युतीय गाडी आयात गरेको थियो । तर, यो वर्षको तीन महिनाको अवधिमा गत वर्षको तुलनामाभन्दा तीन गुणा बढी गाडी आयात भएको छ ।

उक्त आयातित गाडीबाट सरकारले १ अर्ब ११ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, नेपालले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँको २ हजार १३५ वटा विद्युतीय गाडी आयात गरेको छ । जुन सो अवधिमा आयात भएको संख्या हालसम्मकै उच्च हो । आयातित विद्युतीय गाडीबाट नेपालले २ अर्ब २४ करोड २१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

तीन महिनाको अवधिमा नेपालले ५० किलोवाटसम्मको १ अर्ब ७२ करोड २८ लाख रुपैयाँको ९५४ वटा विद्युतीय गाडी आयात गरेको छ । त्यस्तै, ५० किलोवाटदेखि १०० किलोवाटसम्मको ३ अर्ब ३८ करोड २४ लाख रुपैयाँको ११ सय ६६ वटा र १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ४ करोड ९० लाख रुपैयाँको १२ वटा र २ करोड २८ लाख रुपैयाँको ३ वटा विद्युतीय गाडी आयात गरेको छ ।

असोजमा अटो व्यवसायीहरुले दशैंलक्षित गाडी आयात गरेको देखिन्छ । पछिल्लो समय सरकारले विद्युतीय गाडीमा प्रोत्साहन गर्ने नीति लिएसँगै यसतर्फ ग्राहकहरुको आकर्षण बढ्दै गएको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

पछिल्लो एक वर्षको तथ्याङ्क हेर्दा असोजमा गत वर्षभरी आयात भएको आधा तीन महिनामै आयात भइसकेको छ । गत आवमा ११ अर्ब ८४ करोड ९ लाख रुपैयाँको ४ हजार ५० वटा विद्युतीय गाडी आयात गरेको थियो । जसमा सरकारले आयातित गाडीबाट ३ अर्ब ३० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत आवदेखिको आयातको तथ्याङ्क हेर्दा हरेक महिना विद्युतीय गाडीको आयात बढ्दो क्रममा देखिन्छ । गत आवको साउनमा नेपालले २११ वटा, भदौमा २०३ वटा, असोजमा २९१ वटा, कात्तिकमा ३१३ वटा, मंसिरमा ३३५ वटा, पुसमा ३९६ वटा, माघमा २६० वटा, फागुनमा १८९ वटा र चैतमा २५३ वटा विद्युतीय गाडी आयात गरेको थियो ।

त्यस्तै, २०८० को वैशाखमा ५०४ वटा, जेठमा ९१५ वटा, असारमा १८० वटा, साउनमा ११० वटा, भदौमा ७८८ वटा र असोजमा १२ सय ३७ वटा विद्युतीय गाडी आयात गरेको छ ।

नेपालले तीन महिनाको अवधिमा सबैभन्दा बढी भारतबाट आयात गरेको छ । भारतबाट मात्रै नेपालले २ अर्ब ८ करोड ६८ लाख रुपैयाँको १ हजार ७३ वटा विद्युतीय गाडी आयात गरेको छ । त्यपछि चीनबाट ३ अर्ब ५ करोड ७४ लाख रुपैयाँको १ हजार ५१ वटा, इन्डोनेसियाबाट ७ वटा, जर्मनीबाट २ वटा र दक्षिण कोरियाबाट २ वटा विद्युतीय गाडी आयात गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको सवारी साधनमा भन्सारदर र अन्तः शुल्कमा सहुलियत दिएको छ । तर, सहुलियत दिएपनि १०० किलोवाटभन्दा माथिका सवारी साधनमा भने आकर्षण कम देखिएको छ ।
सरकारले २०८०/८१ को बजेटमा विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीतिसहित अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० किलोवाटभन्दा माथिको सवारी साधनको आयातमा भन्सार दर र अन्तःशुल्क घटाएको थियो ।

अर्थमन्त्री महतले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुनेबित्तिकै ३० प्रतिशत भन्सार लाग्ने कुरा व्यावहारिक नभएकाले ५ वर्गमा विभाजन गरेर व्यावहारिक मात्र बनाएको बताएका थिए । तर, सरकारले १०० किलोवाट माथिको सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीति लिए पनि अपेक्षाकृत विद्युतीय गाडी भने भित्रिएको देखिँदैन ।

सरकारले गत वर्षको बजेटमार्फत् विद्युतीय सवारी साधनलाई ४ वर्गमा विभाजन गरी १०० किलोवाटसम्मका लागि १० प्रतिशत भन्सार महसुल, १०० देखि २०० किलोवाटसम्मका लागि ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४५ प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क र ३०० किलोवाटभन्दा माथिका लागि ६० प्रतिशत भन्सार महसुल र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको थियो ।

त्यसलाई यो वर्षको बजेटमार्फत् ५ वर्गमा विभाजन गरी ५० किलोवाटसम्मका लागि १० प्रतिशत मात्र भन्सार महसुल, ५० देखि १०० किलोवाटसम्मका लागि १५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्तःशुल्क, १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४० प्रतिशत भन्सार महशुल र ४५ प्रतिशत अन्तःशुल्क र सोभन्दा बढी क्षमताको हकमा साविकबमोजिमकै दरमा लाग्ने व्यवस्था गरेको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात घट्दो क्रममा

विद्युतीय सवारी साधनको आयत बढ्दै जाँदा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधनको आयात भने घट्दो क्रममा विभागको तथ्याङ्कले देखाउँछ । पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष पेट्रोलियम पदार्थ सवारी साधनको आयात कम हुँदै गएको छ।

नेपालले आर्थिक वर्ष २०७५/७६ मा २१ हजार २६५ वटा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात गरेको थियो । उक्त वर्ष कुनै पनि विद्युतीय सवारी साधन आयात भएको थिएन । त्यसैगरी, आव २०७६/७७ मा १० हजार ३९८ वटा, आव २०७७/७८ मा १४ हजार ८६४ वटा, आव २०७८/७९ मा १४ हजार ८७४ वटा र २०७९/८० मा ३ हजार ४२ वटा आयात गरेको थियो ।

गत आर्थिक वर्ष सरकारले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको र तरलता अभाव देखिएको भन्दै कडाइ गरेको थियो । सरकारले लामो समयसम्म पेट्रोलिमय पदार्थबाट चल्ने सवारी साधनको आयात प्रतिबन्ध लगाएको थियो । जसको प्रत्यक्ष असर आयातमा देखिएको हो ।

विभागअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १७ सय ९८ वटा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार ००:००  ४ : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping