जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्… « Eglish Khabarhub

जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्…


१५ कार्तिक २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

धनुषा । ‘रिल’ मा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजिना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन ।

तर ‘रिल’मा देखे-सुनेको घटना वास्तविक (रियल)मै आफ्नो जीवनमा आउला भन्ने कुरा रजिनाले कल्पनासमेत गरेकी थिइनन् ।

बुधबार उनको जीवनमा कल्पना नगरेकै घटना भयो अर्थात् रजिना एक घण्टाका लागि मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री बनिन् । कहिल्यै मन्त्रालय नटेकेकी १८ वर्षीया युवती एकाएक मन्त्री बनेपछि एकछिन अक्मकिइन् । जब प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवले आफू बसेको कुर्सी खाली गरेर रजिनालाई जिम्मेवारी हस्तान्तरण गरे तब स्वयं रजिना र उनीसँगै आएका बालिकाले हर्षविभोर हुँदै ताली पड्काए ।

कलिलो उमेरकी किशोरी अर्कोतर्फ सीमान्तकृत मुस्लिम समुदायकी एक महिला । प्रदेश सरकारले पहिलो पाँचवर्षे कार्यकाल सकेर दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म सो समुदायबाट कुनै पनि महिलाले मन्त्री बन्ने अवसर पाएका छैनन् । यहीबेला मुस्लिम समुदायकी एक किशोरी मन्त्री बनेपछि माहोल एकछिन खुसीसँगै स्तब्ध बन्यो । रजिना बेला-बेला भावुक बनिन् ।

‘मन्त्रालय र मन्त्री बस्ने कोठा कस्ता हुन्छन् भनेर नदेखेकी म एकाएक मन्त्री भएपछि सपनाजस्तै लागिरहेको छ,’ मलिन मुद्रामा उनले भनिन्, ‘यो जिम्मेवारी मेरो र किशोरीहरुको आत्मसम्मान, अवसर र सहभागिताको एक अभिव्यक्ति पनि हो ।’

यो घटना न रिलमा हो न रियलमा । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा गत ११ अक्टोवरदेखि सुरु भएको ‘गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रमअन्तर्गत बुधबार प्रतीकात्मक रुपमा रजिनालाई एकघण्टे मन्त्री बनाइएको हो । यो अभियान सञ्चालन गरिरहेको प्लान इन्टरनेसनल नेपालका अञ्जु शाक्यले किशोरी सशक्तीकरणको एक नियमित अभियानअन्तर्गत यस्तो अभ्यास गरिएको जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा अक्टोबर ११ देखि विभिन्न सरकारी निकाय, संघसंस्था, मिडिया, दूतावास, शैक्षिक संस्थालगायतमा एक दिनका लागि प्रमुख व्यक्तिको कार्यभार किशोरीलाई हस्तान्तरण गर्ने अभियान चलिरहेको छ,’ शाक्यले भनिन्, ‘यो कार्य देशका विभिन्न सात जिल्लाका ५० जना किशोरीले विभिन्न संस्थामा ५० पदको नेतृत्व लिइसक्नुभएको छ । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वका बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्नेमा छलफल हुने गरेको छ।’

उनका अनुसार सोही अभियानअन्तर्गत मधेस प्रदेशमा पनि ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम भइरहेका छन्। मंगलबार बिहान आयोजित कार्यक्रममा प्रदेश सरकारका शिक्षामन्त्री यादव पनि कार्यक्रम अवधिभर सँगै रहे । मन्त्रीको हैसियतमा रजिनाले मन्त्रालयका योजना, गतिविधि र कार्यक्रमबारे जानकारी लिनुका साथै सहभागी अन्य सहकर्मीबाट प्रश्नोत्तर शैलीमा जिज्ञासासमेत सुनिन् ।

जवाफमा मन्त्री रजिनाले भनिन्, ‘मन्त्रालयका योजना सुनेर मलाई खुसी लागेको छ । तर हाम्रो गाउँघरमा सामुदायिक विद्यालयको अवस्था नाजुक छ । पर्याप्त कक्षाकोठा, टेबुल, कुर्सी र शौचालय छैनन् । किशोरीहरुलाई महिनावारी भएका बेला विद्यालय जान निकै कठिन भइरहेको छ । प्याड दिने भनिए पनि हामीले आवश्यकतानुसार पाएका छैनौँ । त्यसकारण भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षण सिकाइमा विशेष ध्यानदिन म आग्रह गर्दछु ।’

रजिनाको आत्मविश्वास मिश्रित गुनासो, अपेक्षा र पीडा प्रत्यक्ष हेरिरहेका मन्त्री यादवले युवतीहरुलाई भविष्यमा नेतृत्व लिन र आत्मविश्वास बढाउनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे ।

‘मधेस प्रदेश सरकारले किशोरीहरुका लागि बेटी पढाऊ, बेटी बचाऊ, छोरी शिक्षा, छोरी बीमा, साइकल वितरणलगायतका योजना ल्याएको छ,’ उनले भनिन्, ‘ती योजनाको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिँदादिँदै पनि सबै ठाउँका समस्या समाधान गर्न सकिएको छैन । म नेतृत्वमा रहुन्जेल तपाईंहरुका गुनासा सम्बोधनको प्रयास गर्नेछु ।’

प्लान इन्टरनेसनल नेपालको पूर्वी क्षेत्रीय कार्यालय जनकपुरका प्रबन्धक रविशंकर पण्डितले महिला सशक्तीकरणबारे सचेतना फैलाउन र अवसर पाएमा महिलाले पनि सबै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छन् भन्ने सन्देश फैलाउने उद्देश्यले रजिनालाई एक दिनका लागि मन्त्री बनाइएको बताए ।

‘गर्ल्स टेक ओभर अभियानले बालिका तथा किशोरीलाई निर्णायक भूमिकामा राखी उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतीका बारेमा जानकारी लिन तथा उनीहरुका साझा सवालमा निर्णायकर्ता, नेता तथा परिवर्तनका संवाहकको दृष्टिकोण परिवर्तन गर्न सघाउ पुगोस् भन्ने हाम्रो उद्देश्य हो,’ पण्डितले भने ।

किशोरीलाई सशक्त महसुस गराउन, उनीहरूलाई रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि यो अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

एकदिने मन्त्री बनेकी रजिना जनकनन्दिनी गाउँपालिकास्थित राष्ट्रिय मावि कक्षा ९ की छात्रा हुन् । उनी शारीरिक रुपमा अशक्त खातुन स्थानीय स्तरमा बालविवाह नियन्त्रण, छोरीलाई शिक्षा, सामाजिक कुरीति तथा कुसंस्कारविरुद्धको अभियानकर्ताका रुपमा परिचित छिन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ००:००  २ : ३६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping