![](https://internal.appharu.com/wp-content/uploads/2023/06/china-768x403.jpg)
काठमाडौं । चीनले जाजरकोट भूकम्पपीडितलाई १० करोड रुपैयाँबराबरको सामग्री सहयोग गर्ने घोषणा गरेको छ ।
चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाइज रिजर्भद्वारा नेपालका भूकम्पपीडितलाई उक्त सहयोग गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङले एक्स (ट्विटर) मार्फत जानकारी गराएका हुन् ।
भूकम्पपीडितलाई चीनको तर्फबाट टेन्ट, कम्मललगायतको सामग्री सहयोग गर्ने जनाइएको छ । ती सामग्री केही दिनमै नेपाल आइपुग्ने राजदूत छनले उल्लेख गरेका छन् ।
SHARE YOUR THOUGHTS