![](https://internal.appharu.com/wp-content/uploads/2023/11/nepali-cricket-768x512.jpg)
काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ । र्कीतिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले अहिले ४.४ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ३० रन जोडेको छ ।
नेपाल र ओमान दुवै सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकप प्रतियोगितामा छनोट भइसकेका छन् । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । नेपालले दीपेन्द्र सिंह ऐरीको स्थानमा सन्दीप जोरालाई स्थान दिएको छ ।
फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलिरहेका छन् ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध क्रिकेट खेलेका हुन् । नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् ।
SHARE YOUR THOUGHTS