भूकम्पले भेरी नगरपालिकाका १४ विद्यालय भवन भत्किए « Eglish Khabarhub

भूकम्पले भेरी नगरपालिकाका १४ विद्यालय भवन भत्किए



सांकेतिक तस्बिर

जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्र भएर शुक्रबार राति गएको भूकम्पबाट भेरी नगरपालिकाका १४ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ ।

त्यस्तै ७८ वटा विद्यालयका भवनमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सचतालिस वटा कक्षाकोठा, नौ वटा शौचालय, चार वटा घेराबार पूर्ण क्षति भएको छ ।

त्यस्तै आंशिकमा ७८ वटा विद्यालय भवन, १७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौ वटा घेराबार, एउटा विज्ञान प्रयोगशाला, नौ वटा आइसिटि ल्याप, दुई वटा सोलार सिस्टममा समेत क्षति भएको नगरपालिकाको नगर शिक्षा शाखाले जनाएको छ ।

भेरीका तीन जना शिक्षक र ३१ विद्यार्थी घाइते हुनाका साथै एघार विद्यार्थीको मृत्यु भएको छ ।

Publish on: