टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा « Eglish Khabarhub

टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा



काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सोमबार सुनुवाइ हुन सकेन ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासमा उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेको हो । न्यायाधीश चूँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुँदा सुनुवाइ हुन नसकेको जनाइएको छ ।

उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । सरकारले कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Publish on: