![](https://internal.appharu.com/wp-content/uploads/2021/02/Banijya.jpeg)
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद बिलविजक नराखेको अभियोगमा पाँच व्यापारिक प्रतिष्ठानलाई ६० हजार रुपैयाँ जरिवाना गराएको छ ।
विभागको अनुगमन टोलीले टोखाका दुई, भक्तपुरका दुई र काठमाडौंका एक व्यापारीलाई ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरेको हो ।
विभागले मंगलबार १२ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरेको थियो, जसमध्ये मनपरी गर्ने ५ वटा प्रतिष्ठानलाई जरिवाना तिराएको हो ।
SHARE YOUR THOUGHTS